क्रिकेट

टी-ट्वान्टी क्रिकेट केही व्यक्तिका लागि व्यवसाय बन्योः स्टोक्स

इकागज |
भदौ ७, २०७९ मंगलबार १३:५८ बजे

काठमाडौँ- इंग्ल्यान्डको टेष्ट क्रिकेट टिमका कप्तान बेन स्टोक्सले क्रिकेटको टी-ट्वान्टी फर्म्याट केही व्यक्तिका लागि व्यवसाय बनेको बताएका छन् । स्टोक्सका अनुसार केही व्यक्तिकै कैयौँ फ्रेन्चाइज टिमहरु रहेका कारण उनीहरुका लागि टी-ट्वान्टी फर्म्याट व्यवसायको रुपमा रहेको आईएएनएसले उल्लेख गरेको छ । 

कतिपय क्रिकेट फ्रेन्चाइजका भारत, क्यारेवियन, दक्षिण अफ्रीकी लिग जस्ता विश्वका कैयौ देशमा टिमहरु रहेका छन् र उनीहरुका लागि यो व्यवसाय भएको स्टोक्सको धारणा छ । 


उनले टी-ट्वान्टीका कारण खेलाडीको जीवनस्तर तथा आर्थिक सुरक्षाका लागि धेरै अवसर रहेको बताउँदै स्टोक्सले भने टी-ट्वान्टी फर्म्याट खेलाडीका लागि छोटो अवधिका लागि मात्र रहेको जनाए । उनले भविष्यका लागि पनि सोच्नुपर्ने बताए ।  

स्टोक्सले टेष्ट फर्म्याट क्रिकेटको मुख्य फर्म्याट भएका कारण टेष्ट क्रिकेट भने नहराउने विश्वास व्यक्त गरे । 
 


Author

थप समाचार
x