क्रिकेट

नेपाललाई केन्याले दियो १३१ रनको मध्यम लक्ष्य

इकागज |
भदौ ९, २०७९ बिहीबार १७:४४ बजे

काठमाडौं– सोमपाल कामीको उत्कृष्ट बलिङमा केन्याले नेपाललाई १ सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको छ । घरेलु टोली केन्याले पहिलो टि २० आई खेलमा नेपाललाई दिएको यो लक्ष्य मध्यम हो । 

नैरोबी स्थित जिमखान क्लब ग्राउन्डमा नेपालले टस जित्दै पहिले फिल्डिङ रोजेको थियो । केन्याले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३० रन बनायो ।
केन्याका विकेटकिपर इफरान करिमले ३ चौकासहित सर्वाधिक ३४ रन बनाए । लुकास अलुओच ५ चौका र १ छक्कासहित ३१ रनमा अविजित रहे ।
 



Author

थप समाचार
x