क्रिकेट

टि२० आई सिरिजमा पहिलाे खेल : घरेलु टोली केन्यामाथि नेपालको सहज जित

इकागज |
भदौ ९, २०७९ बिहीबार १९:३५ बजे

काठमाडौं– पहिलो टि२० आई खेल्न केन्या पुगेको नेपाली क्रिकेट टिमले घरेलु टोलीमाथि सहज जित निकालेको छ । पाँच टि२० आईको सिरिजमा नेपालले केन्यामाथि ५ विकेटको जित हात पारेको हो ।

यो जितसँगै नेपाल १–० ले अगाडि रह्यो ।


नैरोबीस्थित जिमखान क्लब ग्राउन्डमा नेपालले टस जित्दै बलिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको केन्याले ड विकेट गुमाउँदै ज्ञ सय ३० रन जोड्यो । ज्ञ सय ३ज्ञ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रेको नेपालले १९.२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य भेट्यो ।

नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले १ चौका र २ छक्कासहित सर्वाधिक ३३ रन बनाए । उनले २४ बल खेले । त्यस्तै ३० बल खेलेका ज्ञानेन्द्र मल्लले ३ चौकासहित २३ रनको योगदान दिए ।

ओपनर पवन सरार्फ १, आसिफ शेख १९ र रोहित पौडेल १३ रनमा पवेलियन फर्किए । आसिफले ३ चौका हान्दा आरिफ शेख २४ रनमा अविजित रहे । आदिल अन्सारी २ रनमा अविजित रहे ।

केन्याका विराज पटेल र लुकास ओलुओले समान २÷२ विकेट लिए ।

केन्याका विकेटकिपर इफरान करिमले ३ चौकासहित सर्वाधिक ३४ रन बनाए । उनले ४४ बल खेलेका थिए । लुकास अलुओच १३ बलमा ५ चौका र १ छक्कासहित ३१ रनमा अविजित रहे ।

नेपालका सोमपाल कामीले ओपनर एलेक्स ओबान्डालाई ६ रनमा बोल्ड गरे । आदिल अन्सारीको छैटौं ओभरको अन्तिम बलमा कोलिन्स ओबुया मिडअफमा ज्ञानेन्द्र मल्लबाट १२ रनमा क्याच आउट भए । रकिब पटेललाई सन्दीप लामिछानेले आठौं ओभरमा एलबीडब्लू आउट गरे । 

दोस्रो खेल शुक्रबार हुनेछ ।
 


Author

थप समाचार
x