केन्याविरुद्ध बलिङमा नेपाल
काठमाडौँ- घरेलु टोली केन्याविरुद्धको दोस्रो खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । नैरोबीको जिमखाना क्रिकेट स्टेडियममा टस जितेर नेपालले पहिले बलिङ गर्ने निर्णय गरेको हो ।
नेपाली टिम पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज तथा तीन खेलको एकदिवसीय सिरिजका लागि केन्या पुगेको हो ।
यसअघि बिहीबार भएको पहिलो टी-ट्वान्टी खेल नेपालले पाँच विकेटले जितेको थियो । जितसँगै सिरिजमा नेपाल १-० ले अघि छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया