क्रिकेट

केन्याले दियो नेपाललाई १३३ रनको लक्ष्य

इकागज |
भदौ १०, २०७९ शुक्रबार १७:३० बजे

काठमाडौँ- घरेलु टोली केन्याले टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपाललाई १ सय ३३ रनको लक्ष्य दिएको छ । नैरोबीको जिमखाना क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३२ रन जोड्यो ।

केन्याका लागि राकेप पटेलले सर्वाधिक ३५ रन जोडे । उनले २५ बल खेल्दा चार चौका र एक छक्का हिर्काए । यता २० बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरेका नेहेमियाह ओधियाम्बोले २९ रनको योगदान गरे । इरफान करिमले २२ रन जोडे ।


नेपालका लागि र कप्तान सन्दीप लामिछानेले र दिपेन्द्र सिंह ऐरीले समान ३-३ विकेट हात पारे । करण केसीले २ विकेट लिए । पवन सर्राफले एक विकेट हात पारे ।


Author

थप समाचार
x