कस्तो रह्यो टी-ट्वान्टीमा डेब्यु गरेका बसिरको बलिङ ?
काठमाडौँ- घरेलु टोली केन्याविरुद्धको दोस्रो खेलका क्रममा बसिर अहमदले टी-ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालका लागि डेब्यु गरेका छन् ।
पाँच खेलको सिरिजको दोस्रो खेलमा नेपालले टस जितेर घरेलु टोली केन्यालाई ब्याटिङका लागि निम्तो दिएपछि बसिरले बलिङ गर्ने अवसर प्राप्त गरे । बसिरले २ ओभर बलिङ गर्दै १९ रन खर्चिए । उनले विकेट भने लिन सकेनन् ।
१८ वर्षीय बसिरले नेपालका लागि ३ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका छन् । तीन खेलमा भने उनले २ विकेट हात पारेका छन् । उनले नामिबियाविरुद्ध जुलाई ११ मा नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया