क्रिकेट

नेपाल भर्सेस केन्या टी-ट्वान्टी सिरिजः कसले अग्रता बनाउँला ?

इकागज |
भदौ १२, २०७९ आइतबार १०:३९ बजे

काठमाडौँ- पाहुना टोली नेपाल र घरेलु टोली केन्याबीच जारी पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको तेस्रो खेल आज हुँदैछ । नेपाल र केन्याबीचको खेल नैरोबीको जिमखाना क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो ३:४५ मा सुरु हुनेछ ।

सिरिज अन्तर्गत दुबै टोलीले एक-एक खेल जितेका कारण आजको खेल जित्ने टिमले सिरिजमा अग्रता लिनेछ ।


सिरिजको पहिलो खेलमा नेपालले केन्यालाई पाँच विकेटले पराजित गर्दै सुखद सुरुवात गरेको थियो । सो खेलमा सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै सर्वाधिक ३ विकेट हात पारेका थिए । १ सय ३१ रनको लक्ष्य पछ्याउने क्रममा दिपेन्द्र सिंह ऐरीले ३३, आरिफ शेखले २४ तथा ज्ञानेन्द्र मल्लले २३ रनको योगदान गरेका थिए ।

दोस्रो खेल भने केन्याले १८ रनले जितेको थियो । सो खेलमा कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान ३-३ विकेट लिदै नेपाललाई बलियो अवस्थामा पुर्‍याएका थिए । तर ब्याटिङमा भने नेपालले राम्रो प्रदर्शन गर्न सकेनन् ।

आजको खेलमा नेपालले ब्याटिङमा थप सुधार गर्नुपर्ने आवश्यकता रहेको छ ।


Author

थप समाचार
x