क्रिकेट

केन्याद्वारा नेपाललाई १०२ रनको लक्ष्य, सन्दीपको नाममा ५ विकेट

इकागज |
भदौ १३, २०७९ सोमबार १७:२६ बजे

काठमाडौँ- घरेलु टोली केन्याले चौथो टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा नेपाललाई १ सय २ रनको लक्ष्य दिएको छ । नैरोबीको जिमखाना क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको केन्या निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय १ रनमा सीमित भएको थियो । 

केन्याका लागि लुकास ओलुचले सर्वाधिक ३३ रन तथा कोलिन्स ओबुयाले २० रनको योगदान गरे । नेपालका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक ५ तथा आदिल आलमले २ विकेट हात पारे । दिपेन्द्र सिंह ऐरी र शहाब आलमले एक-एक विकेट लिए । 


आजको खेल दुवै टिमका लागि महत्वपूर्ण रहेको छ । यसअघिका तीन मध्ये दुई खेल नेपालले जितेको छ भने केन्याले एक खेलमा जित हात पारेको छ । 


Author

थप समाचार
x