क्रिकेट

केन्याले दिएकाे १०२ रनको लक्ष्य पूरा गर्न सकेन नेपालले

इकागज |
भदौ १३, २०७९ सोमबार १९:१६ बजे

काठमाडौँ- केन्या विरुद्धको चौथो टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा नेपाल ७ रनले पराजित भएको छ । नैरोबीको जिमखाना क्रिकेट स्टेडियममा भएकाे खेलमा लो स्कोरिङ थ्रीलर म्याचमा रोहित पौडेलले ४७ रन बनाए पनि नेपालले केन्याले दिएको १०२ रनको लक्ष्य पूरा गर्न सकेन ।

नेपालले ९ विकेट गुमाएर ९४ रन मात्र बनायाे । अन्तिम ओभरमा नेपाललाई जितका लागि १२ रन चाहिएको थियो । तर, रोहित पाँचौ बलमा आउट भए भने नेपालले जम्मा ४ रन मात्र बनाउन सक्यो ।


आजको खेल दुवै टिमका लागि महत्वपूर्ण रुपमा हेरिएकाे थियाे । यसअघिका तीन मध्ये दुई खेल नेपालले जितेको थियाे भने केन्याले एक खेलमा जित हात पारेको थियाे । 


Author

थप समाचार
x