केन्याविरुद्ध नेपालले ब्याटिङ गर्दै, टिममा दुई परिवर्तन
काठमाडौँ- घरेलु टोली केन्याविरुद्धको अन्तिम टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । नैरोबीको जिमखाना क्रिकेट मैदानमा टस जितेर नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।
केन्याविरुद्धको निर्णायक खेलका लागि नेपालले प्लेइङ-११ मा दुई परिवर्तन गरेको छ । आरिफ शेख र शहाब आलमलाई बेन्चमा राखिएको छ भने विवेक यादव र बसिर अहमदलाई समेटिएको छ ।
सिरिज २-२ को बराबरीमा रहँदा आजको खेल जित्ने टिमले सिरिज आफ्नो पोल्टामा पार्नेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया