विश्वकपको ट्रफी चन्द्रागिरीमा
तस्बिरः महेबुब आलमको फेसबुकबाट
काठमाडौँ- यसै वर्ष अस्ट्रेलियामा आयोजना हुने आईसीसी पुरुष टी-ट्वन्टी विश्वकप क्रिकेटको ट्रफी चन्द्रागिरी पुर्याइएको छ । विश्वकप ट्रफी विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुर्याइने योजना भएपनि प्रतिकुल मौसमका कारण मंगलबार आधार शिविरमा भने पुर्याउन सकिएको छैन ।
मंगलबार बिहान सगरमाथाको काखमा रहेको गोक्यो तालमा विश्वकप ट्रफी प्रदर्शनी योजना रहेको थियो भने बुधबार बिहान भक्तपुर दरबार स्क्वायर ट्रफी प्रदर्शनीमा योजना छ ।
‘ट्रफी टुर’ अन्तर्गत विश्वकप ट्रफी नेपाल ल्याइएको हो । टी-ट्वान्टी विश्वकप ट्रफीलाई विश्वका विभिन्न मुलुकको भ्रमण गराउने क्रममा नेपाल ल्याइएको हो ।
गत जुलाईमा अस्ट्रेलियाको मेलबर्नमा सय दिने काउन्टडाउनसँगै ट्रफी टुरको शुभारम्भ गरिएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया