क्रिकेट

ज्ञानेन्द्रको अर्धशतकमा केन्यालाई नेपालको १७६ रनको चुनौती

इकागज |
भदौ १४, २०७९ मंगलबार १७:२५ बजे

काठमाडौँ- पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालले घरेलु टोली केन्यालाई १ सय ७६ रनको लक्ष्य दिएको छ ।

नैरोबीको जिमखाना स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर नेपालले १ सय ७५ रन बनायो ।


नेपालका लागि ओपनर ज्ञानेन्द्र मल्लले ४४ बलमा ५ चौका र २ छक्काको मदतमा ५९ रनको योगदान गरे । रोहित पौडेलले ४७ रनमा आउट भए । अर्जुन साउदले २९ तथा दिपेन्द्र सिंह ऐरीले २२ रनको योगदान गरे ।

केन्याका लागि नेहेमियाह ओधियाम्बो, शेम नगोचे र भिराज पटेलले समान २-२ विकेट हात पारे । लुकास ओलुओचले १ विकेट लिए ।

पाँच खेलको सिरिज २-२ बराबरीमा रहेको छ ।


Author

थप समाचार
x