टी-ट्वान्टी विश्वकपको ट्रफी भक्तपुर दरबार स्क्वायरमा राखिँदै
काठमाडौँ- आम सर्वसाधारणको अवलोकनका लागि आज टी-ट्वान्टी विश्वकपको ट्रफी भक्तपुर दरबार स्क्वायरमा राखिँदैछ । आज बिहान ११ बजेदेखि १ बजेसम्म अवलोकनका लागि ट्रफी राखिने नेपाल क्रिकेट संघले जनाएको छ ।
ट्रफी मंगलबार सर्वोच्च शिखर सगरमाथाको गोक्यो ताल र काला पत्थरमा राखिएको थियो भने त्यसपछि चन्द्रागिरीमा पुर्याइएको थियो । विश्वकपको ट्रफी १३ देशका ३५ स्थानमा पुर्याइनेछ । टी-ट्वान्टी विश्वकपको ट्रफी नेपालमा पहिलोपटक आएको हो ।
यसअघि २०१९ मा इंग्ल्याण्डमा भएको एकदिवसीय विश्वकपको ट्रफी नेपालको काठमाडौँ र पोखरा पुर्याइएको थियो । टी-ट्वान्टी विश्वकपको ट्रफीको भ्रमण जुलाई ८ देखि मेलबर्नबाट शुरु भएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया