क्रिकेट

सन्दिप भन्छन्- म निर्दोश छु, आधारहीन आरोपको सामना गर्छु

इकागज |
भदौ २४, २०७९ शुक्रबार ८:९ बजे

काठमाडौँ- बालिका करणी गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामिछानेले आफू निर्दोष भएको र नेपाल चाँडै फर्कने बताएका छन् । सामाजिक सन्जालमा लेख्दै लामिछानेले आफू स्तब्ध भएको र केही दिनमा सिपिएल छोडेर स्वदेश फर्कने बताए ।

'म निर्दोश छु र नेपालको कानुनमाथि मलाई पूर्ण विश्वास छ । म सिपिएल क्यारेबियन लिगबाट विदा लिँदै केही दिनमा नेपाल फर्किँदै छु' लामिछानेले ट्‍वीट गरेका छन् 'म यो आधारहीन आरोपको सामना गर्न तयार छु । निर्दोशले न्याय प्राप्त गर्नेछ र सम्बन्धित सबैमाथि उचित छानबिन हुनेछ । कानुनले सबैलाई समान तरिकाले हेर्नेछ ।'


गत भदौ ५ गते सन्दीपले १७ वर्षे किशोरी करणी गरेको नेपाल पुलिसमा उजुरी परेको थियो । यसपछि अदालतले बिहीबार मात्रै उनलाई पक्राउ पूर्जी आदेश दिएको छ । यता, बिहीबार नै नेपाल क्रिकेट संघ क्यानले लामिछानेलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको छ । 

 

र, यो पनि


Author

थप समाचार
x