सन्दीपले छाडे क्यारेवियन लिग
काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले वेस्ट इन्डिजमा जारी क्यारेवियन प्रिमियर लिग (सीपीएल) बीचमै छाडेका छन् । बलात्कारको आरोपमा उनीमाथि जाहेरी दर्ता भएपछि सन्दीपले सीपीएल छाडेका हुन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार उनीमाथि पक्राउ पूर्जी समेत जारी भएको छ ।
पक्राउ पूर्जी जारी भएपछि सन्दीपले सामाजिक सञ्जालमार्फत आफूले सीपीएल छाडेको र केही दिनमै नेपाल आउने जनाएका छन् । सन्दीप सीपीएलमा जमैका तालावाहमा आवद्ध भएका थिए । सीपीएलको लिग चरणका खेलहरू नै सेप्टेम्बर २५ सम्म चल्नेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया