क्रिकेट

दक्षिण अफ्रिकाविरुद्धको टेष्ट सिरिज इंग्ल्यान्डलाई

इकागज |
भदौ २७, २०७९ सोमबार १६:३४ बजे

काठमाडौँ- घरेलु टोली इंग्ल्यान्डले दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको टेष्ट क्रिकेट सिरिज २-१ ले जितेको छ । तेस्रो तथा अन्तिम खेल ९ विकेटले जित्दै इंग्ल्यान्डले सिरिज जितेको हो । यसअघि पहिलो खेल दक्षिण अफ्रिका तथा दोस्रो खेल इंग्ल्यान्डले जितेको थियो ।

द ओभलमा सोमबार सम्पन्न तेस्रो खेल जित्न इंग्ल्यान्डले १ सय ३० रनको लक्ष्य केवल एक विकेट गुमाएर पूरा गर्‍यो । इंग्ल्यान्डलाई जित दिलाउन दोस्रो इनिङ्समा ज्याक क्राउलीले अविजित रहँदै ६९ रनको योगदान गरे ।


यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले पहिलो इनिङ्समा १ सय १८ रनमा समेटिएको थियो भने इंग्ल्यान्डले पनि १ सय ५८ रनमात्र जोडेको थियो ।

तर, दोस्रो इनिङ्गमा पनि दक्षिण अफ्रिका १ सय ६९ रनमा समेटिएपछि इंग्ल्यान्डले केवल १ सय ३० रनको लक्ष्य पाएको थियो ।


Author

थप समाचार
x