नेपाल टी-२० लिग स्थगित
फाइल फोटो
काठमाडौं - नेपाल टी-२० लिग स्थगित भएको छ । असोज ८ देखि कात्तिक ५ गतेसम्म हुने तय भएको पहिलो संस्करणको टी-२० लिग स्थगित भएको हो ।
निर्वाचनअघि लिग सञ्चालन नगर्न गृह मन्त्रालयले क्यानलाई पत्र लेखेसँगैं टी-२० लिग गभर्निङ काउन्सिलले प्रतियोगिता सन् २०२२ को डिसेम्बरसम्मलाई स्थगित गरेको छ ।
मन्त्रालयले बुधबार क्यानलाई पत्र लेख्दै चुनावका कारण खेलाडीहरूको सुरक्षा व्यवस्थामा कठिनाइ हुन सक्ने भन्दै चुनावपछि मात्र प्रतियोगिता गर्न भनेको थियो ।
‘नेपाल टी(२० लिग क्रिकेट प्रतियोगिताको लागि क्रिकेट मैदान तथा खेलाडीहरुको बसोबास गर्ने होटलमा आवश्यक सुरक्षा व्यवस्थाको लागि अनुरोध भइ आएकोमा आगामी प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका विभिन्न कार्यक्रमहरु हुने भएको हुँदा सो निर्वाचन पश्चात उक्त कार्यक्रमको व्यवस्थापन गर्न हुन आदेशानुसार अनुरोध छ’ मन्त्रालयका शाखा अधिकृत विष्णुहरि तिमल्सेनाले क्यानलाई लेखेको पत्रमा भनिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया