क्रिकेट

नवौँ राष्ट्रिय खेलकुदः सुदूरपश्चिमलाई पहिलो कास्य पदक

इकागज |
भदौ ३१, २०७९ शुक्रबार १२:३४ बजे

काठमाडौँ- नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत सुदूरपश्चिम प्रदेशले कास्य पदक जितेको छ । राष्ट्रिय खेलकुदअन्तर्गत क्रिकेट प्रतियोगितामा तेस्रो स्थान प्राप्त गर्दै सुदूरपश्चिमले कास्य हात पारेको हो ।

सुदूरपश्चिम र एनआरएनएबीचको तेस्रो स्थानका लागि शुक्रबार हुने भनिएको खेल भिजेको मैदान कारण हुन सकेन । त्यसपछि टस जितेको आधारमा सुदूरपश्चिमले कास्य जितेको हो ।


खेल हुन नसकेको तथा टसकै आधारमा विजेता घोषणा भएपछि एनआरएनए टिमका खेलाडी सुनम गौमतले क्रिकेटका लागि दुखद् दिन भएको प्रतिक्रिया दिएका छन् ।

नवौँ राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुने तय भएपनि क्रिकेट त्यस अघि नै आयोजना भएको हो । 

 


Author

थप समाचार
x