क्रिकेटः बलरले बलमा थुक लगाउन नपाउने
काठमाडौँ- इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी) ले क्रिकेट खेलका क्रममा बलमा थुक लगाउन पूर्णरुपमा प्रतिबन्ध लगाएको छ । आईसीसीले मंगलबार बललाई टल्काउनका लागि लगाइने थुकमाथि पूर्णरुपमा प्रतिबन्धको घोषणा गरेको आईएएनएसले जनाएको छ ।
यसका साथै बलरले बलिङ गर्नका लागि दौडिरहेको अवस्थामा जानीजानी अवरोध पुर्याउने कार्य गरिए ब्याटिङ गरिरहको टिमलाई अम्पायरले ५ रन जरिवाना गर्न सक्ने तथा बललाई ‘डेड बल’ घोषणा गर्न सक्नेछन् ।
यी नियमहरु सन् २०२२ को अक्टोबर १ तारिखबाट लागू हुनेछन् । यसको अर्थ अष्ट्रेलियामा अक्टोबर १६ देखि सुरु हुन लागेको आईसीसी टी-ट्वान्टी विश्वकपमा पनि यी नियमहरु लागू हुनेछन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया