भारतविरुद्ध दक्षिण अफ्रिकालाई अग्रता
काठमाडौँ- पाहुना टोली दक्षिण अफ्रिकाले भारतविरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा अग्रता लिएको छ । बिहीबार राति लखनउमा भएको पहिलो खेलमा भारतलाई ९ रनले पराजित गर्दै दक्षिण अफ्रिकाले सिरिजमा अग्रता बनाएको हो ।
४० ओभरमा सिमित भएको खेलमा दक्षिण अफ्रिकाले दिएको २ सय ५० रनको लक्ष्य पछ्याएको भारतले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै २ सय ४० रन मात्र जोड्न सक्यो ।
भारतका लागि सन्जु सामसनले सर्वाधिक ८६ रन जोड्दा श्रेयस ऐयरले ५० रन जोडे । दक्षिण अफ्रिकाका लुङगी नगिडीले सर्वाधिक ३ तथा कगिसो रबाडाले २ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ४० ओभरमा ४ विकेट गुमाउँदै २ सय ४९ रन जोड्यो । दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले अविजित ७५, हेन्रिक क्लासेनले अविजित ७४ तथा क्विन्टन डीककले ४८ रनको योगदान गरे । भारतका लागि शर्दुल ठाकुरले सर्वाधिक २ विकेट लिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया