महिला क्रिकेटः वर्षाले प्रभावित खेलमा कर्णालीमाथि पुलिसको जित
काठमाडौँ- नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जित हात पारेको छ । वर्षाले प्रभावित खेलमा पुलिसले कर्णाली प्रदेशलाई डीएल मेथडका आधारमा ६३ रनले पराजित गर्यो ।
पोखरा रंगशालामा सोमबार भएको समूह ‘बी’ अन्तर्गतको खेलमा पुलिसले १६ ओभर ब्याटिङ गर्दै ६ विकेट गुमाएर १ सय १० रन जोडेको थियो । पुलिसका लागि सम्झना खड्काले सर्वाधिक २५ रनको योगदान गरिन् । कर्णालीका लागि अन्जु गुरुङले सर्वाधिक ३ विकेट हात पारिन् ।
जवाफमा कर्णालीले डीएल मेथडका आधारमा १० ओभर २ बलमा ८१ रनको लक्ष्य पाएको थियो । तर उसले ७ विकेट गुमाउँदा केवल १७ रन जोड्यो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया