क्रिकेट

नवौँ राष्ट्रिय खेलकुदः एपीएफ १४ बलमै विजयी

इकागज |
असोज २७, २०७९ बिहीबार १२:२८ बजे

काठमाडौँ- गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटमा नेपाल एपीएफ क्लबले लगातार दोस्रो जित हात पारेको छ । समूह ‘ए’ अन्तर्गत गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गर्दै एपीएफले लगातार दोस्रो जित दर्ता गरेको हो ।

जितका लागि गण्डकीले दिएको २७ रनको लक्ष्य एपीएफले एक विकेट गुमाएर २ ओभर २ बलमै लक्ष्य पुरा गर्‍यो । एपीएफलाई १४ बलमै दिलाउन सीता रानामगरले अविजित १२ तथा इन्दु वर्माले ९ रनको योगदान गरे ।


यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी १८ ओभर २ बलमा अलआउट हुँदै २६ रनमै सिमित भयो । गण्डकीका लागि श्रृष्टी जैसीले सर्वाधिक ५ रनको योगदान गरिन् ।

प्लेयर अफ द म्याच बनेकी एपीएफकी इन्दु वर्माले सर्वाधिक २ विकेट हात पारिन् । 


Author

थप समाचार
x