क्रिकेट

टि–ट्वान्टी विश्वकव क्रिकेटमा भारतले नेदरल्यान्डलाई दियो १८० को लक्ष्य

इकागज |
कात्तिक १०, २०७९ बिहीबार १५:५ बजे

काठमाडौँ– अष्ट्रेलियामा जारी टि–ट्वान्टी विश्वकप  क्रिकेटमा नेदरल्यान्डलाई भारतले १८० को लक्ष्य दिएको छ । भारतले निर्धारित २० ओभरमा १ सय ७९ रन बनाएको छ ।

भारतका लागि विराट कोहलीले ४४ बलमा दुई छक्का र तीन चौकासहित सर्वाधिक ६२ रन बनाए । यस्तै सूर्यकुमार यादवले ५१, रोहित शर्माले ५३ र के एल राहुलले ९ रन बनाएका थिए ।


अहिले नेदरलयान्डले ब्याटिङ गरिरहेकाे छ । उसले ४ ओभर २ बल खेल्दा २ विकेट गुमाएर २० रन मात्रै बनाएको छ ।


Author

थप समाचार
x