टी-ट्वान्टी विश्वकप
महत्वपूर्ण खेलमा दक्षिण अफ्रिका र पाकिस्तान भिड्दै
काठमाडौँ- आईसीसी टी-ट्वान्टी विश्वकपअन्तर्गत पाकिस्तान र दक्षिण अफ्रिकाबीचको भिड्न्त हुँदैछ । समूह दुईमा रहेका पाकिस्तान र दक्षिण अफ्रिकाबीचको खेल अष्ट्रेलियाको सिड्नीमा नेपाली समय अनुसार १:४५ बजे सुरु हुनेछ ।
सेमिफाइनलमा स्थान बनाउन दुवै टिमका लागि आजको खेल महत्वपूर्ण छ । समूहअन्तर्गत दक्षिण अफ्रिका ३ खेलबाट पाँच अंक जोड्दै दोस्रो स्थानमा छ । चार खेलबाट ६ अंक जोडेको भारत भने शीर्ष स्थानमा छ ।
अर्कोतर्फ पाकिस्तानले ३ खेलबाट केवल दुई अंक जोडेको छ र उसलाई सेमिफाइनलको सम्भावना जिवित राख्न दक्षिण अफ्रिकालाई पराजित गर्नै पर्नेछ ।
दक्षिण अफ्रिकाले भने पाकिस्तानलाई पराजित गरे सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया