पाकिस्तानद्वारा दक्षिण अफ्रिकालाई १८६ रनको लक्ष्य
काठमाडौँ- आईसीसी टी-ट्वान्टी विश्वकप अन्तर्गत पाकिस्तानले दक्षिण अफ्रिकालाई १ सय ८६ रनको लक्ष्य दिएको छ । अष्ट्रेलियाको सिड्नीमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८५ रन जोड्यो ।
पाकिस्तानका लागि शदाब खानले २२ बलमा ५२ रनको योगदान गर्दा इफ्तिकार अहमदले ३५ बलमा ५१ रन जोडे । दक्षिण अफ्रिकाका लागि एन्रिच नोर्जेले सर्वाधिक ४ विकेट हात पारे ।
समूह दुईबाट सेमिफाइनलमा स्थान बनाउन दुबै टिमका लागि आजको खेल महत्वपूर्ण छ । समूह अन्तर्गत दक्षिण अफ्रिका ३ खेलबाट पाँच अंक जोड्दै दोस्रो स्थानमा छ । चार खेलबाट ६ अंक जोडेको भारत भने शीर्ष स्थानमा छ ।
अर्कोतर्फ पाकिस्तानले ३ खेलबाट केवल दुई अंक जोडेको छ र उसलाई सेमिफाइनलको सम्भावना जीवित राख्न दक्षिण अफ्रिकालाई पराजित गर्नै पर्नेछ ।
दक्षिण अफ्रिकाले भने पाकिस्तानलाई पराजित गरे सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया