क्रिकेट

पाकिस्तानद्वारा दक्षिण अफ्रिका पराजित

इकागज |
कात्तिक १७, २०७९ बिहीबार १८:१७ बजे

काठमाडौँ- अष्ट्रेलियामा जारी आईसीसी टी-ट्वान्टी विश्वकप अन्तर्गत पाकिस्तानले दक्षिण अफ्रिकामाथि जित हात पारेको छ । वर्षाले प्रभावित खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई ३३ रनले पराजित गरेको हो ।

वर्षाका कारण १४ ओभरमा १ सय ४२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ९ विकेट गुमाएर केवल १ सय ८ रन जोड्न सक्यो ।


दक्षिण अफ्रिकाका लागि कप्तान टेम्बा बाभुमाले सर्वाधिक ३६ रनको योगदान गरे । पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले सर्वाधिक ३ विकेट लिए ।

यसअघि सिड्नीमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८५ रन जोड्यो ।

पाकिस्तानका लागि शदाब खानले २२ बलमा ५२ रनको योगदान गर्दा इफ्तिकार अहमदले ३५ बलमा ५१ रन जोडे । दक्षिण अफ्रिकाका लागि एन्रिच नोर्जेले सर्वाधिक ४ विकेट हात पारे ।

जितसँगै पाकिस्तानले सेमिफाइनल सम्भावना जिवित राखेको छ । उसले ४ खेलबाट ४ अंक जोडेको छ ।


Author

थप समाचार
x