अफगानिस्तानविरुद्ध ठूलो जितको खोजीमा अस्ट्रेलिया
काठमाडौँ- आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकपअन्तर्गत आयोजक टोली अस्ट्रेलियाले आज अफगानिस्तानको सामना गर्दैछ । अस्ट्रेलिया र अफगानिस्तानबीचको खेल एडिलेडमा नेपाली समय अनुसार १:४५ बजेबाट सुरु हुनेछ ।
समूह एकमा रहेको अस्ट्रेलियाले सेमिफाइनलमा स्थान बनाउन अफगानिस्तानविरुद्ध ठूलो जित हात पार्नु पर्ने छ ।
समान चार खेलबाट न्यूजिल्यान्ड, इंग्ल्यान्ड र अस्ट्रेलियाले समान ५ अंक जोडेपनि नेट रनरेटमा भने अस्ट्रेलिया तेस्रो स्थानमा रहेको छ । त्यसैले सेमिफाइनलमा स्थान बनाउन अस्ट्रेलियाले अफगानिस्तानविरुद्ध ठूलो अन्तरको जित हात पार्नुपर्नेछ ।
यता ४ खेलबाट केवल दुई अंक जोडेको अफगानिस्तानको सेमिफाइनलको सम्भावना अन्त्य भइसकेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया