अफगानिस्तानलाई अस्ट्रेलियाको १६९ रनको लक्ष्य
काठमाडौँ- आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकप अन्तर्गत आयोजक अस्ट्रेलियाले अफगानिस्तानसामू १ सय ६९ रनको लक्ष्य पेश गरेको छ । एडिलेडमा टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६८ रन जोड्यो ।
अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले सर्वाधिक ५४ रन जोडे । मिचेल मार्सले ४५ रनको योगदान गरे ।
अफगानिस्तानका लागि नविन उल हकले समान तीन तथा फजलहक फारुकीले दुई विकेट लिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया