क्रिकेट

प्रयाप्त अभ्यास गर्न नपाउदाआइपिएलमा धेरै खेलाडी घाइते भएः एलेक्स क्यारी

एजेन्सी |
असोज २८, २०७७ बुधबार १७:१० बजे

दुबईः ईन्डियन प्रिमियर लिगमा प्रतिष्पर्धा गरिरहेको दिल्ली क्यापिटल्सका विकेट किपर ब्याट्सम्यान एलेक्स क्यारीले पर्याप्त अभ्यास खेलहरू खेल्न नपाएकाले धेरै खेलाडीहरू घाइते हुँदै गएको बताएका छन् । कोभिड-१९को महामारीले पछिल्ला ६ महिना क्रिकेट खेल नभएकाले अभ्यास गर्न नपाउँदा खेलाडीहरू शारिरिक रुपमा तयार हुन नसकेको उनले बताए । 
 
क्यारीको टिम दिल्ली आईपीएलमा खेलाडीहरूको चोटबाट पिडित छ । पछिल्लो पटक विकेटकिपर रिषभ पन्त घुडाँको चोटले प्रतियोगिताका केही खेलहरू गुमाउने अवस्थामा पुगेका छन् । ‘प्रतियोगिताको थोरै अवधिमा नै हामीले केही खेलाडीहरू घाइते भएको देखिरहेका छौं । यसको मुल कारण के हो थाहा छैन । मलाई भने प्रतियोगिता सुरु हुनु अगाडी पर्याप्त अभ्यास खेल खेल्न नपाएर खेलाडीहरूमा समस्या देखिएको जस्तो लाग्छ,’ क्यारीले दिल्लीको आधिकारिक ट्‍वीटर ह्यान्डलमा राखिएको  भिडियोमा भनेका छन् । ‘हो हाम्रो टिमबाट केही नराम्रा खबरहरू आइरहेका छन् । तर हामीलाई हौसला प्रदान गरिरहने ब्यक्तिहरू छन् । जसले हामीलाई प्रत्येक खेलमा राम्रो गर्न उत्साह मिलिरहको हुन्छ । हामी प्रतियोगिताको बिचतिर अइपुगेका छौ । हामीले पहिलो चरणमा सबै टिमहरूविरुद्ध राम्रै खेलेका छौ । आशा छ हामीले बाँकी खेलका पनि राम्रै गर्छौ,’ क्यारीले भिडियोमा भनेका छन् । 
 
यता भारतीय सञ्‍चार माध्यम एनआईले दिल्लीले प्रतियोगिता आयोजकसँग इशान्त शर्माका ठाउँमा अर्को खेलाडी राख्‍न अनुमती मागेको छ । तिब्र गतिका बलर शर्मा घाईते भएपछि प्रतियोगिताबाट बाहिरिसकेका छन् । दिल्लीले जारी गरेको बिज्ञप्तीमा  शर्माले देब्रे पट्टीको ‘अब्लिक मसल्स’मा चोट लागेको उल्लेख छ । 

यसअघि लेग स्पिनर अमित मिश्रा पनि प्रतियोगिताबाट बाहिरिएका थिए । कोलकत्ता नाईट राइडर्ससँगको खेलमा उनलाई औलामा चोट लागेको थियो । क्यारी दिल्लीले आफ्नो प्रर्दशनलाई सुदृढ बनाउँदै प्रतियोगिताको फाइनलमा स्थान बनाउने आशा राख्छन् । ‘हामीले पहिलो चरणका खेलहरूमा राम्रै गरेका छौं जस्तो लाग्छ । हामीले अब आफ्नो प्रदर्शनमा थप निखार ल्याउन जरुरी छ । आशा छ हामीले अन्तिम दुईमा स्थान बनाउने छौ,’ क्यारीले आशा व्यक्त गर्दै भने ।  


 


Author

थप समाचार
x