भारतले जिम्बाब्वेविरुद्ध खेल्दै
काठमाडौँ- अस्ट्रेलियामा जारी आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकप अन्तर्गत सेमिफाइनल पुगिसकेको भारतले आज जिम्बाब्वेविरुद्ध खेल्दैछ ।
समूह दुईमा रहेको भारत र जिम्बाब्वेबीचको खेल मेलवर्नमा नेपाली समय अनुसार १:४५ बजे सुरु हुनेछ ।
यस समूहमा भारत ४ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थान रहदै एक खेल अगावै सेमिफाइनलमा पुगिसकेको छ । अर्कोतर्फ ५ खेलबाट केवल ५ अंक जोडेको दक्षिण अफ्रिका दोस्रो स्थानमा भएपनि सेमिफाइनल दौडबाट बाहिरिसकेको छ ।
त्यसैगरी, पाकिस्तान र बंगलादेशबीच जारी अर्को महत्वपूर्ण खेलको विजेता टोली भने अन्तिम चारमा प्रवेश गर्नेछ । दुबै टोलीको समान ४-४ अंक छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया