सेमिफाइनल पुग्न पाकिस्तानलाई १२८ रन आवश्यक
काठमाडौँ- अस्ट्रेलियामा जारी आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकपको सेमिफाइनलमा पुग्न पाकिस्तानलाई बंगलादेशविरुद्ध १२८ रन ल्याउनु पर्ने भएको छ ।
समूह दुई अन्तर्गत एडिलेडमा जारी खेलमा बंगलादेशले टस जितेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२७ रन जोडेपछि जितका लागि पाकिस्तानले रनको लक्ष्य पाएको हो ।
बंगलादेशका लागि नजमुल हुसेनले सर्वाधिक ५४ रनको योगदान गर्दा सोम्या सरकारले २० जोडे । पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले सर्वाधिक ४ विकेट हात पारे । सदाब खानले २ विकेट लिए ।
यस समूहबाट भारत ६ अंक सहित सेमिफाइनलमा पुगिसकेको छ । बंगलादेश र पाकिस्तानको भने ४ खेलमा समान ४ अंक रहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया