क्रिकेट

कोहलीलाई ‘प्लेयर अफ द मन्थ’ अवार्ड

इकागज |
कात्तिक २१, २०७९ सोमबार १५:२७ बजे

काठमाडौँ- भारतीय क्रिकेट टिमका ब्याट्सम्यान विराट कोहलीले अक्टोबर महिनाको ‘आईसीसी प्लेयर अफ द मन्थ’ अवार्ड जितेका छन् । 

आईसीसीले सोमबार सार्वजनिक गरेको नतिजाअनुसार पूर्व कप्तान कोहलीले जिम्बाब्वेका सिकन्दर राजा र दक्षिण अफ्रिकाका डेभिड मिलरलाई पछि पार्दै उक्त अवार्ड जितेका हुन् ।


३३ वर्षीय कोहलीले अस्ट्रेलियामा जारी टी-ट्वान्टी विश्वकपमा पाकिस्तानविरुद्ध अविजित ८२ रनको योगदान गर्दा भारतले जित हात पारेको थियो । 

पाकिस्तानविरुद्ध १ सय ६० रनको लक्ष्य पछ्याउने क्रममा एक समयमा ३१ रन जोड्दा ४ विकेट गुमाइसकेको अवस्था रहे पनि कोहलीले भारतलाई जित दिलाएका थिए । 

भारत अहिले विश्वकपको सेमिफाइनलमा पुगिसकेको छ ।
 


Author

थप समाचार
x