स्टेफेनले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास
काठमाडौँ- नेदरल्यान्ड्सका ब्याट्सम्यान स्टेफेन माइवर्गले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । परिवारसँग समय बिताउने बताउँदै माइवर्गले सन्न्यासको घोषणा गरेको क्रिकइन्फोले जनाएको छ ।
तर उनले क्लबस्तरीय क्रिकेटमा भने सहभागिता जनाउने बताए । अस्ट्रेलियामा जारी आईसीसी टी-ट्वान्टी विश्वकपमा दक्षिण अफ्रिकालाई नेदरल्यान्ड्सले स्तब्ध पारेको एक दिनपछि नै माइवर्ग सन्न्यासको घोषणा गरे ।
दक्षिण अफ्रिकालाई पराजित गर्दा माइवर्गले ३० बलमा ३७ रनको योगदान गरे । ३८ वर्षीय माइवर्गले सन् २०११ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । उनले २२ एकदिवसीय तथा ४५ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका छन् ।
उनले टी-ट्वान्टीमा ९ सय १५ रन जोडेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया