क्रिकेट

मधेशमाथि पुलिसको १९१ रनको शानदार जित

इकागज |
कात्तिक २२, २०७९ मंगलबार १५:४५ बजे

काठमाडौँ- काठमाडौँमा जारी पीएम कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले मधेश प्रदेशमाथि शानदार जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा पुलिसले मधेशलाई १ सय ९१ रनले पराजित गरेको हो ।

यससँगै सबै ४ खेलमा जित हात पारेको पुलिस समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गर्‍यो भने दुई खेल जित्दै एक खेलमा अंक बाँडेर मधेश पनि उपविजेताको रुपमा अन्तिम चारमा प्रवेश गर्‍यो ।


मंगलबारको खेलमा २ सय ७४ रनको लक्ष्य पछ्याएको मधेश २९ ओभर ३ बलमा अलआउट हुँदै ८२ रनमै सिमित भयो । मधेशका लागि आदिल आलमले सर्वाधिक ४२ रन जोडे । मधेशलाई सस्तैमा समेट्न कुशल भुर्तेलले सर्वाधिक ५ विकेट लिदाँ करण केसीले ३ तथा राशिद खानले २ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ४९ ओभर १ बलमा अलआउट हुँदै २ सय ७३ रनको योगफल तयार पार्‍यो । पुलिसका लागि आरिफ शेखले सर्वाधिक ७३ रन जोड्दा अमित श्रेष्ठले ६५ तथा कप्तान दिपेन्द्र सिंह ऐरीले ५१ रनको योगदान गरे ।

मधेशका लागि राजेश यादव र रुपेश सिंहले समान ३-३ विकेट लिए ।


Author

थप समाचार
x