न्यूजिल्यान्डलाई पराजित गर्दै पाकिस्तान विश्वकपको फाइनलमा
काठमाडौँ- न्यूजिल्यान्डमाथि जित हात पार्दै पाकिस्तानले अस्ट्रेलियामा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा स्थान सुरक्षित गरेको छ ।
सिड्नीमा भएको पहिलो सेमिफाइनल खेलमा पाकिस्तानले न्यूजिल्यान्डलाई ७ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
न्यूजिल्यान्डले दिएको १ सय ५३ रनको लक्ष्य पाकिस्तानले १९ ओभर १ बलमा ३ विकेट गुमाएर पुरा गर्यो । पाकिस्तानलाई जित दिलाउन मोहमद रिजवानले ५७ रन तथा बाबर आजमले ५३ रन योगदान गरे । न्यूजिल्यान्डका ट्रेन्ट बोल्टले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ५२ रन जोड्यो ।
न्यूजिल्यान्डका लागि डेरिल मिचेलले ५३ रन तथा केन विलियम्सनले ४६ रनको योगदान गरे । । पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले सर्वाधिक २ विकेट लिए ।
पाकिस्तानले अब फाइनलमा भारत र इंग्ल्यान्डबीच हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल बिहीबार हुनेछ । फाइनल भने आइतबारका लागि तय गरिएको छ ।
पाकिस्तान तेस्रो पटक फाइनलमा पुगेको हो । यसअघि उसले एक पटक उपाधि जितेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया