दिपेन्द्रले १४० रन जोड्दा पुलिसद्वारा आर्मीलाई ३०५ रनको लक्ष्य
काठमाडौँ- पीएम कप एकदिवसीय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३ सय ५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ४ रन जोड्यो ।
पुलिसका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले १ सय २५ बलमा ५ छक्का र ११ चौकाको मदतमा सर्वाधिक १ सय ४० रनको योगदान गरे । आरिफ शेखले अविजित ९१ रन जोडे । आरिफले अन्तिम ओभरमा कुशल मल्ललाई २२ रन प्रहार गरे ।
दिपेन्द्र र आरिफले चौथो विकेटका लागि २ सय ४ रनको साझेदारी गरे ।
आर्मीका लागि विक्रम सोबले सर्वाधिक ३ विकेट लिए । सुशान भारीले एक विकेट लिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया