एकदिवसीय सिरिजः युएईसँग नेपालको ८४ रनको पराजय
काठमाडौँ- युनाइटेड अरब इमिरेट्स (युएई) ले नेपालविरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा अग्रता लिएको छ । त्रिवि क्रिकेट मैदानमा सोमबार भएको पहिलो खेलमा युएई ८४ रनले विजयी भएको हो ।
युएईले दिएको २६४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै केवल १ सय ७९ रनमा सीमित भयो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ५४ रन बनाउँदा नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गरेका अर्जून साउदले ५१ रन जोडे ।
युएईका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गरेका अयान खानले सर्वाधिक ४ विकेट लिए । बसिल हमिदले २ विकेट हात पारे ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६३ सय रन जोड्यो ।
युएईका लागि रोहन मुस्तफाले ५३ रन जोड्दा मुहम्मद वसिमले ४४, भृत्य अरविन्दले ४० तथा अलिसन सराफुले २९ रनको योगदान गरे । अहमद राजाले २७ र अयान खानले २६ रन बनाए ।
नेपालका लागि गुल्सन झाले २ तथा दिपेन्द्र सिंह ऐरी र सोमपाल कामीले एक-एक विकेट लिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया