क्रिकेट

कस्तो रह्यो एकदिवसीयमा डेब्यु गरेका हरिशंकर र अर्जुनको प्रदर्शन?

इकागज |
कात्तिक २९, २०७९ मंगलबार ११:२१ बजे

काठमाडौँ- युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले सोमबार ८४ रनको पराजय भोग्यो ।

नेपाली टिमको कप्तान नियुक्त भएपछि रोहितका लागि युएईविरुद्धको खेल पहिलो थियो । 


रोहितको कप्तानीमा  नेपाली टिमका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा दुई खेलाडीले डेब्यू गरे । दुई जनामध्ये विकेटकिपर तथा ओपनिङ ब्याट्सम्यान अर्जुन साउदले एकदिवसीयमा डेब्यू गरेका हुन् ।

यसअघि नेपालका लागि तीन टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलेर ७० रन जोडेका अर्जुनले युएईविरुद्धको पहिलो खेलमै अर्धशतक पूरा गरे । १९ वर्षीय अर्जुनले ७९ बलमा ५१ रन जोड्दा ५ चौका प्रहार गरेका थिए । उनले विकेटकिपिङमा पनि मध्यम प्रदर्शन गरेका थिए ।

अलराउन्डर हरिशंकर साहले पनि युएईविरुद्ध नेपालका लागि डेब्यु गर्ने मौका पाए । तर उनको प्रदर्शन उल्लेख्य रहेन । हरिशंकरले ५ ओभर बलिङ गर्दा २६ रन खर्चिए । त्यसैगरी, उनले २१ बल खेल्दा एक चौकासहित केवल ८ रन जोडे ।

नेपाल र युएईबीचको दोस्रो खेल बुधबार हुनेछ ।


Author

थप समाचार
x