नेपाल र नामिबियाविरुद्ध खेल्ने स्कटल्यान्डको टिम घोषणा
काठमाडौँ- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको नेपाल र नामिबियाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजका लागि स्कटल्यान्डले टिम घोषणा गरेको छ ।
नामिबियाले आयोजना गर्ने सिरिज डिसेम्बर १ तारिखबाट सुरु हुनेछ । सिरिजको पहिलो खेलमा स्कटल्यान्डले नामिबियाविरुद्ध डिसेम्बर १, दोस्रो खेलमा नेपालविरुद्ध डिसेम्बर ४, तेस्रो खेल नामबियाविरुद्ध डिसेम्बर ५ तथा अन्तिम खेल नेपालविरुद्ध डिसेम्बर ८ मा खेल्ने तालिका रहेको छ ।
लिग-२ मा ३६ मध्ये २८ खेल खेलिसकेको स्कटल्यान्ड ४० अंक जोड्दै दोस्रो स्थानमा छ । सबै खेल खेलिसकेको ओमान ४४ अंकसहित शीर्ष स्थानमा छ ।
यता नेपाल भने २० खेलबाट १७ अंकसहित सात टिममध्ये छैटौँ स्थानमा छ । नामिबिया भने २२ खेलबाट २६ अंकसहित पाँचौं स्थानमा छ ।
स्कटल्यान्डको टिमः
कप्तान रिची बेरिङ्टन, उपकप्तान म्याथ्यु क्रस, क्रिस माइकब्राइड, कायल कोएट्जर, जर्ज मुन्सी, ब्रान्डन माइकमुलेन, माइकल लिस्क, मार्क वाट, साफयान सरिफ, क्रिस सोल, हम्जा ताहिर, एड्रियन निल, टम म्याकिनटोस तथा क्रिस ग्रिभ्स ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया