क्रिकेट

युएईमाथि जितका लागि नेपाललाई १९२ रन आवश्यक

इकागज |
कात्तिक ३०, २०७९ बुधबार १२:१७ बजे

काठमाडौँ- तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) ले घरेलु टोली नेपाललाई १९२ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको युएईले ४३ ओभर २ बलमा सबै विकेट गुमाएर १९१ रन जोड्यो ।


युएईका लागि ओपनर मुहम्मद वासिमले ४६ बलमा ३ चौका र ४ छक्काको मदतमा ५० रन जोडे । अलिसा सराफुले ३५, भृत्य अरविन्दले २५, बसिल हमिदले २४ तथा कप्तान चुन्डागापोयिल रिजवानले २२ रन बनाए ।

नेपालका लागि ललित राजवंशी र सोमपाल कामीले समान ३-३ विकेट लिए । करण केसी, गुल्सन झा, दिपेन्द्र सिंह ऐरी तथा कुशल भुर्तेलले एक-एक विकेट लिए ।

यसअघि पहिलो खेल युएईले ८४ रनले जितेको थियो ।


Author

थप समाचार
x