युएईद्वारा नेपाललाई १७७ रनको लक्ष्य, अन्तिम विकेटमा ८३ रनको साझेदारी
काठमाडौँ- तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) ले नेपाललाई १७७ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १७६ रन जोड्यो । युएईका लागि अलिसान सराफुले ३३ तथा रोहन मुस्तफाले २४ रन जोडे । अयान अफजल खानले ५४ रन बनाए ।
अयान र २० रन जोडेका हजरत विलालले अन्तिम विकेटका ११३ बलमा ८३ रनको साझेदारी गरे ।
नेपालका लागि कुशल भुर्तेलले २, गुल्सन झाले २, दिपेन्द्र सिंह ऐरीले २ विकेट तथा सोमपाल कामी र ललित राजवंशीले एक-एक विकेट लिए ।
आजको खेल दुवै टिमका लागि महत्वपूर्ण छ किनभने दुवै टिमले एक-एक खेलमा जित हात पारेका छन् । आजको खेलमा जित हात पार्ने टिमले सिरिजमाथि कब्जा जमाउनेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया