क्रिकेट लिग-२: नेपालले बलियो स्कटल्यान्डविरुद्ध खेल्दै
काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग-२अन्तर्गत नामिबियामा जारी त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले आज स्कटल्यान्डको सामना गर्दैछ ।
नेपाल र स्कटल्यान्डबीचको खेल विन्डहक मैदानमा नेपाली समयअनुसार अपरान्ह १:४५ बजेबाट सुरु हुनेछ । सिरिजअन्तर्गत शुक्रबार भएको पहिलो खेलमा नेपालले नामिबियासँग एक-एक अंक बाडेको थियो ।
अर्कोतर्फ स्कटल्यान्डले भने पहिलो खेलमा नामिबियालाई ४ विकेटले पराजित गरेको थियो ।
सात टिम सहभागी लिग-२ अन्तर्गत नेपाल २१ खेलबाट जम्मा १८ अंक जोड्दै छैटौं स्थानमा छ । २९ खेल खेलेको स्कटल्यान्डको ४२ अंक छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया