क्रिकेट

भारतले जित्यो बंगलादेशविरुद्धको टेस्ट सिरिज

इकागज |
पुस १०, २०७९ आइतबार ११:१४ बजे

काठमाडौँ- भारतले घरेलु टोली बंगलादेशविरुद्धको २ खेलको टेस्ट सिरिज जितेको छ । भारतले सिरिज २-० ले क्लिनस्विप गरेको हो । पहिलो खेल १८८ रनले जितेको भारतले दोस्रो खेल ३ विकेटले जित्दै सिरिजमाथि कब्जा जमाएको हो ।

दोस्रो खेलमा भारतले पाएको १४५ रनको लक्ष्य ७ विकेट गुमाएर पुरा गर्‍यो । भारतलाई जित दिलाउन दोस्रो इनिङ्समा रविचन्द्रन आश्विनले अविजित रहँदै ४२ रन जोडे ।


बंगलादेशका मेहिदी हसनले सर्वाधिक ५ विकेट लिएपनि जितका लागि पर्याप्त भएन । सकिब अल हसनले २ विकेट हात पारे ।

यसअघि टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको बंगलादेशले पहिलो इनिङ्समा मोमिनुल हकको ८४ रनको मदतमा २२७ रन जोडेको थियो । भारतका उमेश यादव र रविचन्द्रन आश्विनले समान ४-४ विकेट लिएका थिए ।

भारतले पहिलो इनिङ्समा भने ३१४ रन जोडेको थियो । उसका लागि रिशभ पन्तले ९३ तथा श्रेयश ऐयरले ८७ रन जोडेका थिए । शकिब अल हसन र तैजुल इस्लामले समान ४-४ विकेट हात पारेका थिए ।

त्यसपछि बंगलादेशले दोस्रो इनिङ्समा २३१ रन जोडेपछि भारतले जितका लागि १४५ रनको लक्ष्य पाएको थियो । बंगलादेशका लागि दोस्रो इनिङ्समा लिटोन दासले ७३ रन बनाएका थिए ।


Author

थप समाचार
x