क्रिकेट

क्रिकेटमा नेपालले पराजय व्यहोरिरहेकोमा सन्दीप चिन्तित

इकागज |
पुस १२, २०७९ मंगलबार १९:१२ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली क्रिकेटर सन्दीप लामिछाने नेपालले पछिल्लो समय क्रिकेटमा पराजय व्यहोरिरहेकोमा चिन्तित छन् । 

सन्दीप चिन्तित रहेकाे उनी पक्षका अधिवक्ता सरोजकृष्ण घिमिरेले जानकारी दिए । उनले सन्दीप सधैं नेपाली क्रिकेटप्रति चिन्तित रहने जिकिर गरे । यस्तै काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध जाहेरी दिने किशोरीको उमेर विवाद निरूपण गर्न उनको जन्म भएको अस्पतालबाट कागजात झिकाउन आदेश दिएको छ ।


मंगलबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा अदालतले सन्दीप लामिछानेविरुद्ध जाहेरी दिने किशोरीको उमेर विवाद निरुपण गर्न उनको जन्म भएको अस्पतालबाट कागजात झिकाउन आदेश दिएको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले अस्पतालबाट जन्म दर्ताको कागजात झिकाउने आदेश दिएको अधिवक्ता घिमिरेले बताए ।

उनले सन्दीपविरुद्धको मुद्दाको बारेमा काठमाडौं जिल्ला अदालतले सम्बन्धित पक्षलाई बुझ्न पीडित भनिएकी किशोरीको जन्मको बारेमा सम्बन्धित कागजातहरू सम्बन्धित कार्यालयहरूबाट मगाउनु भन्ने आदेश दिएको जानकारी दिए । उनले अदालतले क्रिकेटर देव खनाललाई सन्दीप र पीडित भनिएकी किशोरीबीच सम्पर्क गराएकोमा वकपत्र दिन बोलाइएको र किशोरीको मेडिकल टेस्ट गर्ने डाक्टरलाई पनि वकपत्रका लागि बोलाउन आदेश दिएको उल्लेख गरे ।

उनले अदालतले पीडित भनिएकी युवतीको दाजुले किशोरी वीरगञ्जमा जन्मिएको भनेपछि सम्बन्धित अस्पतालबाट कागजात झिकाउन आदेश दिएको पनि बताए ।

अधिवक्ता घिमिरेले सन्दीप लामिछानेविरुद्धको जाहेरीलाई जतिसक्दो चाँडो टुंगोमा पुर्‍याउने बताए । उनले अबको करिब ३ मिहनासम्ममा सबै विषय टुंगिने दाबी गरे ।

अधिवक्ता घिमिरेले क्रिकेटर लामिछानेमा आफू निर्दोष छु भन्ने आत्मविश्वास रहेको जिकिर गरे । उनले उमेरका कारण केस नलम्बिएको भन्दै आफ्नो पहिलो प्राथमिकता उमेरभन्दा पनि सन्दीपको निर्दोष छु भन्ने आत्मविश्वासलाई साबित गर्ने कुरामा रहेको बताए ।


Author

थप समाचार
x