क्रिकेट

नेपाल टी-ट्वान्टीः लुम्बिनी र फार वेस्टबीचको खेल ‘टाइ’

इकागज |
पुस १३, २०७९ बुधबार १२:३२ बजे

काठमाडौँ- नेपाल टी-ट्वान्टी क्रिकेट लिग अन्तर्गत लुम्बिनी अल स्टार्स र फार वेस्ट युनाइटेडबीचको खेल ‘टाइ’ अर्थात बराबरीमा टुंगिएको छ । त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा लुम्बिनी र फार वेस्टले समान १ सय ३७ रन जोडे ।

फार वेस्टले दिएको १ सय ३८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन जोड्यो । लुम्बिनीका लागि गुल्सन झाले सर्वाधिक ३६ रन बनाए । अन्तिम ‌ओभरमा ५ रनको आवश्यकता भएपनि लुम्बिनीले केवल ४ रन मात्र जोड्यो । गुल्सनले लगातार ३ बल डट खेलेका थिए ।


लाहिरु मिलान्थाले ३४ रन तथा विपुल शर्माले ३१ रन बनाए । फार वेस्टका लागि शेर मल्ल र करण केसी समान २-२ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको फार वेस्टले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन जोड्यो । फार वेस्टका लागि देव खनालले ४८ तथा कप्तान हसमातुल्लाह शाहिदीले ३२ रन बनाए ।

लुम्बिनीका लागि साड्ली भानले सर्वाधिक २ तथा हरमित सिंह, किशोर महतो र सागर ढकालले १ विकेट हात पारे ।

 


Author

थप समाचार
x