नेपाल टी-ट्वान्टीः सुपर ओभरमा फार वेस्टमाथि लुम्बिनीको जित
काठमाडौँ- नेपाल टी-ट्वान्टी क्रिकेट लिग अन्तर्गत लुम्बिनी अल स्टार्सले लगातार चौथों जित हात पारेको छ । सुपर ओभरमा फार वेस्ट युनाइडेटलाई ९ रनले पराजित गर्दै लुम्बिनीले चौथों जित दर्ता गरेको हो ।
सुपर ओभरमा लुम्बिनीले १ विकेट गुमाएर १९ रन जोड्यो । लाहिरु मिलान्थाले १६ रन बनाए । फार वेस्टका लागि करण केसीले बलिङ गरेका थिए । जवाफमा फार वेस्टले १० रन मात्र बनाउन सक्यो । लुम्बिनीका लागि किशोर महतोले बलिङ गरेका थिए ।
यसअघि लुम्बिनी र फार वेस्टबीचको खेल ‘टाइ’ अर्थात बराबरीमा टुंगिएको थियो । त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा लुम्बिनी र फार वेस्टले समान १ सय ३७ रन जोडे ।
फार वेस्टले दिएको १ सय ३८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन जोड्यो । लुम्बिनीका लागि गुल्सन झाले सर्वाधिक ३६ रन बनाए । अन्तिम ओभरमा ५ रनको आवश्यकता भएपनि लुम्बिनीले केवल ४ रन मात्र जोड्यो । गुल्सनले लगातार ३ बल डट खेलेका थिए ।
लाहिरु मिलान्थाले ३४ रन तथा विपुल शर्माले ३१ रन बनाए । फार वेस्टका लागि शेर मल्ल र करण केसी समान २-२ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको फार वेस्टले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन जोड्यो । फार वेस्टका लागि देव खनालले ४८ तथा कप्तान हसमातुल्लाह शाहिदीले ३२ रन बनाए ।
लुम्बिनीका लागि साड्ली भानले सर्वाधिक २ तथा हरमित सिंह, किशोर महतो र सागर ढकालले १ विकेट हात पारे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया