नेपाल टी-ट्वान्टीः पोखराको पहिलो जित
काठमाडौँ- नेपाल टी-ट्वान्टी क्रिकेट लिग अन्तर्गत पोखरा एभेन्जर्सले पहिलो जित हात पारेको छ । लगातार पाँच खेलमा पराजय भोगको पोखराले फार वेस्ट युनाइटेडलाई ३ विकेटले पराजित गर्दै पहिलो जित हात पारेको हो ।
फार वेस्टले दिएको १ सय ८८ रनको लक्ष्य पोखराले १९ ओभर १ बलमा ७ विकेट गुमाउँदै पुरा गर्यो । पोखरालाई पहिलो जित दिलाउन आशिफ शेखले सर्वाधिक ४५, कुशल मल्लले ४० तथा सुमित महर्जनले ३८ रनको योगदान गरे ।
फार वेस्टका करण केसी, उमाइर अली र प्रकाश जैसीले समान २-२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको फार वेस्टले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ रन जोडेको थियो । फार वेस्टका लागि उमाइर अलीले ४२, देव खनालले ३३ तथा राशिद खानले ३२ रन जोडे ।
पोखराका लागि जाहिर खानले ३ तथा तुल थापा र अमिर हम्जाले समान २-२ विकेट लिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया