क्रिकेट

लुम्बिनीको पहिलो हार, पोखराका लागि शेख दाजु-भाइको ९५ रनको साझेदारी

इकागज |
पुस १६, २०७९ शनिबार १२:८ बजे

काठमाडौँ- नेपाल टी-ट्वान्टी क्रिकेट लिग अन्तर्गत लुम्बिनी अल स्टार्सले पहिलो हार भोगेको छ । त्रिवि क्रिकेट मैदानमा पोखरा एभेन्जर्ससँग लुम्बिनीले ९ विकेटले पराजय भोगेको हो । यसअघि लुम्बिनीले लगातार पाँच खेल जितेको थियो । यता पोखराको सात खेलमा यो दोस्रो जित हो ।

लुम्बिनीले दिएको १ सय २८ रनको लक्ष्य पोखराले १८ ओभर २ बलमा १ विकेट गुमाएर पुरा गर्‍यो । पोखराको जितमा आशिफ शेखले अविजित ७७ रनको योगदान गरे । आरिफ शेख २६ रनमा अविजित रहे । शेख दाजुभाइले ९५ रनको साझेदारी गरे ।


यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै केवल १ सय २७ रन जोड्यो । लुम्बिनीका लागि हरमित सिंहले समान ३ चौका र ३ छक्काको मदतमा २१ बलमा ३८ रन जोडे । पोखराका विपिन खत्री र जाहिर खानले समान ३-३ विकेट हात पारे ।


Author

थप समाचार
x