क्रिकेट

बेटिङ साइटको प्रवर्द्धनमा क्रिकेटर पारसको तस्बिर दुरुपयोग

इकागज |
पुस १७, २०७९ आइतबार १६:१४ बजे

काठमाडौँ- नेपाल क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काको तस्बिर दुरुपयोग गरी एक बेटिङ कम्पनीले सामाजिक संजालमार्फत नेपालमा (प्रोमोट) प्रवर्द्धन गरिरहेको छ ।

साइप्रसको बेटिङ कम्पनी ‘वनएक्सबेट’ ले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपालमा बेटिङ अर्थात् बाजीका लागि उनकाे फाेटाे प्रवर्द्धन गरिरहेको छ । फेसबुकको बुचर सफायर खाताबाट उक्त विज्ञापन गरिएको हाे । 


नेपालमा बेटिङ गैरकानूनी छ तर उक्त विज्ञापनमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा ब्याट्सम्यान पारस खड्काको तस्बिर प्रयोग गरिएकाे पाइएकाे हाे ।

त्यतिमात्र नभएर पारस खड्काले नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्यका लागि उपलब्ध गराएको जर्सी समेत प्रयोग गरिएको छ । उक्त जर्सीमा क्यानको लोगो तथा नेपाल समेत लेखिएको छ ।

खासमा सन् २००८ मा मलेसियामा भएको आईसीसी यू-१९ क्रिकेट विश्वकपको क्रममा पारसले लगाएको जर्सी प्रयोग गरिएको छ ।

पारसले नेपालका लागि १० एकदिवसीय तथा ३३ वटा टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका छन् ।


Author

थप समाचार
x