नेपाल टी-ट्वान्टीः पोखराको प्लेअफ सम्भावना कायमै
काठमाडौँ- पोखरा एभेन्जर्सले नेपाल टी-ट्वान्टी क्रिकेट प्लेअफको सम्भावना कायमै राखेको छ । त्रिवि क्रिकेट मैदानमा सोमबार काठमाडौँ नाइट्सलाई ५ विकेटले पराजित गर्दै पोखराले प्लेअफको सम्भावना कायमै राखेको हो । यससँगै पोखराले ८ खेलबाट ६ अंक जोडेको छ । काठमाडौँको पनि ६ खेलमा ६ अंक छ ।
तेस्रो जित हात पार्न पोखराले १ सय ६५ रनको लक्ष्य १९ ओभर ४ बलमा ५ विकेट पुरा गर्यो । पोखरालाई जित दिलाउन सुमित महर्जनेले सर्वाधिक ७६ रनको योगदान गरे । उनले ७ चौका र ३ छक्का हिर्काए ।
उपुल थरंगाले ५८ रन बनाए । काठमाडौँका कमल ऐरीले ३ तथा अनिल खरेल र अविनाश बोहराले १-१ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ६४ रन जोड्यो । काठमाडौँका लागि अलेक्स ब्लेकले २८ बलमा सर्वाधिक ६४ रन जोडे । उनले ७ छक्का र ३ चौका प्रहार गरे ।
सुनम गौतमले ४५ तथा भिरणदिप सिंह ३२ रन जोडे । पोखराका लागि तुल थापाले २ तथा प्रतिश जिसी र कुशल मल्लले एक-एक विकेट लिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया